काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ ।
बिहीबार सर्वोच्च अदालतले प्रमाणीकरण भएको नागरिकता विद्येयकविरुद्ध परेको रिटमा यसअघिको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिने भएसँगै उक्त विधेयक कार्यान्वयनको बाटोमा गएको हो ।
आज सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन २१ जेठमा डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको हो ।
त्यससँगै अब जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानले वंशजकोआधारमा नागरिकता पाउन बाटो खुलेको हो ।
यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दुईपटक फर्काइदिएको विद्येयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । उक्त विद्येयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा गत जेठ १७ गते राष्ट्रपतिले विद्येयक प्रमाणीकरण गरेको भन्दै आलोचना समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया