काठमाडौं । ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।
लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्याललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट नगद रु एक लाखसहित सम्मान गरेको हो । युवाका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष १० जना युवालाई गरिँदै आएको सम्मान यसपटक युवा सशक्तीकरण र नेतृत्व विकास क्षेत्रबाट अर्याल सम्मानित भएका हुन्।
धादिङको ज्वालामुखी गाउँपालिका–४ मा ढोलामा जन्मिएका ३२ वर्षीय अर्यालले ग्लोबल युथ पार्लियामेन्टलाई अहिले विभिन्न देशमा फैलाउँदै ८६ मुलुकमा शाखा विस्तार गरिसकेका छन् । यस्तै ८० भन्दा बढी देशका युवालाई सहभागी गराएर युवाको राष्ट्रिय सम्मेलनसमेत गरिसकेका छन् । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलगायतको सहभागिता रहेको थियो ।
अर्याललाई यसअघि नेपाल सरकारले ‘समाजसेवा रत्न २०७९’ बाट समेत विभूषित गरिसकेको छ । उनले नेपालको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा समेत महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया