प्रेम चलाउनेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

लोकपथ
77
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

चलाउनेले आफूमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्ध मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

बिहीबार न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी भएको हो ।

सामाजिक सञ्जालमा लेख्दै चलाउनेको तर्फबाट बहस गर्ने अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन् ।

चलाउनेमाथि त्रिवि परिसरमा नै कांग्रेस निकट नेविसंघका विद्यार्थीहरुले सांघातिक आक्रमण गरेका थिए । तर सरकारले केही दिन अघि उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?