ब्राउन सुगर सहित हेटौंडाबाट दुइजना पक्राउ

लोकपथ
0
Shares

हेटौँडा । प्रहरीले ब्राउन सुगर सहित हेटौंडाबाट दुइजना पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगर–१५ स्थित रातोमाटेबाट खैरो हेरोइन ९ब्राउन सुगर० सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी–४ बस्ने १७ वर्षीय धिरज कुमार र बाराका १४ वर्षीय विष्ण कुमार रहेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

बुधबार पथलैयाबाट हेटौँडा आउँदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोलाई चेक जाँच गर्दा माईक्रोमा सवार धिरजको साथबाट अन्दाजी ५र६ ग्राम खैरो हिरोइन बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?