काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले २०६२–०६३ को आन्दोलनमा धर्म निरपेक्षताको विषय कहि कतै नउठेको भन्दै विदेशी प्रभाव, दबाव र पैसाको प्रलोभनमा धर्म निरपेक्षता लादिएको बताएका छन् ।
हिन्दुत्व जनजागरण अभियान अन्तर्गत काठमाडौंको बुढानिलकण्ठ नगर समितिद्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्र चाहने तर जुनसुकै पार्टी र बिचार निकट भएकाहरुले राप्रपाको अभियानमा सघाउ पुर्याउन आग्रह गरे । सनातन धर्म कमजोर हुँदा मुलुकको एकता र पहिचान कमजोर हुने चर्चा गर्दै अध्यक्ष थापाले हिन्दु धर्ममा आस्था राख्ने कोहि पनि अरु धर्मको बिरोधि हुन नसक्ने दाबी गरे । थापाले थपे “पाँच वर्ष अगाडिको ऋघबेदले नै हामिलाई सिकाएको छ, सत्य एउटै छ, भगवान एउटै छन् ,बाटो मात्र फरक हो ।“
राप्रपाले उठाएको हिन्दुराष्ट्रको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै उनले मागलाई सरकारले बेवास्ता गरे सडक आन्दोलन गर्ने चेतावनी दिए । धर्म निरपेक्षताको एजेन्डा बिदेशीलाई खुशी पार्न जबर्जस्ती लादिएको भन्दै थापाले असम्बैधानिक र षड्यन्त्रमुलक ढंगले जबर्जस्ति बोकाईएको भारी बोक्न अब नेपाली जनता मन्जुर नभएको बिचार ब्यक्त गरे । धर्मनिरपेक्षताले किरात र बुद्ध धर्मलाई पनि कमजोर बनाएको भन्दै उनले धर्म परिबर्तनको डढेलो प्रती आपत्ति प्रकट गरे ।
सो अवसरमा पार्टीका नेताहरु बिक्रम थापा, भुवन पाठक, राजाराम बर्तौला, बसन्तमान सिह अधिकारी, निना भेटवाल, केसब रेग्मी, सुनिता कुरुङ्वाङ, सिर्जना रानी बर्मा, सन्तोष अधिकारी लगायत धार्मिक ब्यक्तित्वहरुले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई अध्यक्ष कमल थापाले स्वागत गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया