काठमाडौं । नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडी नियन्त्रणमा लिएको छ ।
शनिवार राजधानीको लाजिम्पाटबाट नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडी नियन्त्रणमा लिएका हुन् ।
शनिवार बिदाका दिन पनि गाडी चलाइएको भन्दै प्रढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको चाबी उनीहरुले खोसेका थिए ।
यस्तै मे १झ १५१ नम्बरको गाडीको चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन् ।
संघले पूर्वघोषित आन्दोलन अनुसार शनिवार सरकारी गाडी चल्न नदिने निर्णय गरेको थियो ।
नेविसंघका केन्द्रीय सदस्य भट्टले सिंहदरबारबाट लाजिम्पाट जाँदै गरेको गाडीको चाबी लिइएको जानकारी दिए ।
उनका अनुसार साँझ गाडीको चाबी ट्राफिक प्रहरीलाई बुझाइने छ ।
आजै नेविसंघ कार्यकर्ताले गण्डकी प्रदेशको कास्कीमा एउटा सरकारी गाडी जलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया