काठमाडौं । तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रिट हालेका छन् ।
काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेपछि मेयर शाहले उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्।
तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै बुधबार उच्च अदालत पाटनमा प्राधिकरणलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।
उक्त रिट उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले असार १ गते मेयर शाहलाई स्पष्टीकरण सोधेको थियो।
काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई महानगरपालिकाका नगर प्रहरीले फेन्सिङ तार काटेको थियो। त्यसपछि प्राधिकरणले मेयर शाहसँग सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको थियो तर मेयर शाहले प्राधिकरणलाई स्पष्टीकरण भने बुझाएका छैनन्।
यस्तै, उच्च अदालत पाटनमा मेयर शाहविरूद्ध नै अर्को रिट दायर भएको छ। महानगरले हिन्दी फिल्म रोकेको भन्दै मेयर शाहविरूद्ध चलचित्र विकास संघले रिट हालेको हो। उक्त रिट पनि न्यायाधीश चन्दकै इजलासमा परेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया