२४० म्यानपावर कम्पनी खारेजीको जोखिममा

लोकपथ
520
Shares

वार्षिक एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने २४० म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका छन् । नवीकरणका लागि वार्षिक रूपमा एक सय श्रमिक वैदेशिक रोजगारी पठाउनुपर्ने भए पनि जेठ मसान्तसम्म २४० म्यानपावर कम्पनीले सो सङ्ख्या पुु¥याउन सकेका छैनन् । वैदेशिक रोजगार ऐन, २०६४ ले तोके अनुसार वर्षभरिमा एक सय श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका हुुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले कानुन अनुसार दर्ता भएका कम्पनीलाई सङ्ख्याको लगाम लगाएर खारेज गर्नुु व्यावहारिक नहुुने बताए । कानुनले तोके अनुसार धरौटी रकम, कर सबै तिरेर सञ्चालन भएका व्यवसायीलाई वार्षिक न्यूनतम एक सयको लगाम लगाएर खारेज गर्ने नीतिले व्यवसायीलाई अप्ठ्यारो पारेको भन्दै उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?