क्यान्सरपीडित आमाको उपचारका लागि छोरीको अपिल

लोकपथ
91
Shares

काठमाडौं । पाठेघरको क्यान्सरबाट पीडित महिलाले उपचारमा सहयोगका लागि अपिल गरेकी छिन्।

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं। ८ तल्लो भँगेरीकी कमला पुडासैनी फुँयाल पाठेघरमा क्यान्सर भई उपचारको खोजीमा छिन्।

हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ९ काँडाघारी बस्ने उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। पाठेघरको क्यान्सर पिसाबनलीमा फैलिसकेकाले अपरेसन मात्रले नहुने भएपछि ३० पटक केमो गर्नुपर्ने डाक्टरले बताएका कमलाले बताइन्। त्यसका लागि ८५ हजार डिपोजिट राख्न भनिएको छ।

दैनिक मजदुरी गरी परिवार पालिरहेका श्रीमानको समेत तीन वर्षअघि हृदयघातका कारण मृत्यु भएपछि नाबालक दुई छोरी र एक छोराको पालनपोषण र शिक्षा दीक्षा गर्दै आएकी उनलाई उपचार खर्च जुटाउन निकै गाह्रो भएको छ।

उपचार खर्चमा सहयोग गर्न इच्छुकले बिरामी कमला फुँयालको मोवाइल नम्बर ९७४९७१०४७५ मा सम्पर्क गर्न वा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, पेप्सीकोला शाखामा रहेको खाता नं ०७९०५०८०२६०१७६ मा रकम जम्मा गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?