डा. केसीसँगको भेटमा पूर्वराष्ट्रपति यादवले के भने ?

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् । 

शुक्रवार अपराह्न शिक्षण अस्पताल पुगेका पूर्वराष्ट्रपति यादवले २४ दिनदेखि अनसनरत डा. केसीको जीवन रक्षाका लागि अनसन तोडाउन सरकारसँग आग्रह गरेका छन् । 

साथै उनले स्वास्थ्य कमजोर भएको भन्दै अनसन तोड्न केसीलाई आग्रह गरेका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएको भन्दै उनले सरकारसँग यस्तो आग्रह गरेका हुन् । 

भेटपछि पत्रकारसँग कुरा गर्दै यादवले डा. केसीले उठाएको माग जनताको समेत बताए । 

साथै उनले सरकारलाई आग्रह गर्दै सभ्य समाजमा सरकारको सबैभन्दा पहिलो कर्तव्य नागरिकको जीउधनको रक्षा गर्नुपर्ने हुन्छ । त्यस्तै धन भन्दा पहिला जीवन रक्षाका लागि जतिसक्दो चाडो डा. केसीसँग वार्ता गरेर निकास निकाल्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?