ट्रेड युनियन कांग्रेसको निर्वाचन आज

लोकपथ
42
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समूहबीच प्रतिष्पर्धा हुने भएको छ ।

यही असार ४ गतेदेखि शुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो ।अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिष्पर्धा हुनेभएको छ । उनिहरु समूह नै बनाएर निर्वाचनमा होमिएका छन्  ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीलेसाँझ ४ बजेदेखि मतदान शुरु हुने जानकारी दिएका छन् । निर्वाचनमा आठ सय ८० महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् भने युवा र महिला समितिसहित ४९ पदका लागि निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?