प्रतिनिधिसभामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधनप्रति शोक प्रस्ताव पारित, बैठक स्थगित

लोकपथ
84
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधि घण्टाको लागि स्थगित भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर मृत्यु भएपछि सभामुख देवराज घिमिरेले आधि घण्टाको लागि बैठक स्थगित गरेका हुन्।

बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर मृत्यु भएपछि शोक प्रस्ताव पारित गरेको छ।

प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान गर्ने भन्दै सुरुमै शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको छ ।

गाडी दुर्घटनामा परी घाईते भएका सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको मंगलबार उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको थियो । मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । मन्त्री सवार गाडी सडकबाट ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि मन्त्री सिंहसहित उनकी पत्नी र भाउजुको पनि मृत्यु भएको थियो । चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

गाडीमा मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?