राणा र लोहनी नेतृत्वका राप्रपाबीच पार्टी एकता कार्यक्रम शुरु

काठमाडौं । पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकता शुरु भएको छ । 

पार्टी एकता शुक्रवार दिउँसो १ बजे शुरु हुने बताइएपनि करिब २ घण्टा पछि मात्र शुरु भएको हो ।  

राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमबीच पार्टी एकताकोे घोषणा हुन लागेको हो । उक्त कार्यक्रममा  कलाकार रेखा थापा पनि सहभागी हुने भएकी छिन् । 

बिहीवार जारी विज्ञप्ति अनुसार दुवै दलले एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । 

पार्टी एकता पछि पार्टीको नाम राप्रपा(संयुक्त) राखिने र चुनाव चिह्न हलो हुने सहमति दुई दलबीच भएको छ । 

दुवै पार्टीका अध्यक्ष राण र लोहनीको पदीय हैसियत भने बराबर हुने छ । एकतापछि पार्टीमा तत्कालका लागि दुई अध्यक्ष नै रहने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?