अष्ट्रेलियाकी राजदूत लक्की शेर्पाको राजिनामा

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । अष्ट्रेलियाबाट नेपाल फर्केर उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

आफ्नै गाडीचालकले मानव बेचबिखनको आरोप लगाएपछि सरकारले उनलाई नेपाल बोलाएर स्पष्टिकरण सोधेको थियो ।स्पष्टिकरण र चौतर्फी दबाब झेलेरअष्ट्रेलिया गएकी शेर्पा नेपाल फर्केर आएपछि राजीनामा दिएकी हुन् ।  राजदूत शेर्पाले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् ।

राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए ।

राजदूत शेर्पाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी थिइन ।

पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाइएको वाङछुले आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?