काठमाडौं । सरकारले सेवामा नजाने चिकित्सकहरुलाई कारबाही गर्ने बताएको छ ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले सेवामा नजाने सरकारी चिकित्सकहरुको नाम संकलन गर्ने काम भइरहेको र नाम संकलनपछि कारबाहीको प्रकृया अगाडि बढाइने बताए ।
उनले भने मन्त्रालयले सोमवार नै स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुने क्रियाकलाप नगर्न अपिल गरेको थियो । तर, चिकित्सकहरुले मन्त्रालयको अनुरोधको बेवास्ता गर्दै बन्द तथा हड्ताल जारी राखेका कारण आज पुनः मन्त्रालयले चिकित्सकहरुलाई अर्को अपिल जारी गर्ने बताइन् ।
अब पनि चिकित्सकहरुले मन्त्रालयबाट जारी गरेको अपिलको बेवास्ता गरे प्रशासनिक कारबाही अगाडि बढाउने सचिव चौधरीले जानकारी दिइन् ।
नेपाल चिकित्सक संघले बिहीवार विज्ञप्ति जारी गर्दै आज (शुक्रवार)बाट देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्दै बिहानदेखि नै आन्दोलनमा उत्रिएका छन् ।
संघले चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।
शुक्रबार बिहानैदेखि चिकित्सकहरु आन्दोलन गर्नाले देश भर सेवा प्रभावित भएको छ ।
यसैगरी शुक्रवार बिहान त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेत गरेको छ । प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको थियो ।
देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णयगरेपछि यो सेवा लिनबाट धेरै सेवाग्राही बञ्चित भएका छन् ।
अस्पताल प्रशासनले ओपीडी सेवा केहीबेर बन्द भएपनि १० बजेपछि ती सेवाहरु सूचारु गरेको जनाएको छ ।
डा. केसीको पक्षमा गत सोमबारदेखि संघले थालेको रिले अनसनलगायत विरोधका कार्यक्रमलाई बेवास्ता गरेको भन्दै सरकारलाई दवाव दिन संघले बिहीवार विज्ञप्ति जारी गर्दै शुक्रवारदेखि देशैभरका सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया