बझाङ दुर्घटना अपडेट : गम्भीर घाइते भएका मन्त्री सिंहलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

लोकपथ
154
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका मन्त्री सिंहसहित ३ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले लोकपथलाई जानकारी दिइन् ।

गाडीमा  मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी रहेका  थिए ।

दुर्घटनामा ४ जना घाइते भएपनि एक जनाको अवस्था भने सामान्य रहेको छ । डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा मन्त्री सवार गाडी सडकबाट ५० मिटर तल खसेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?