गोरखा । जिल्ला प्रसासन कार्यालय गोरखाले क्लान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ ।
पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो । काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दराईलाई त्यहीँ पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत चुडानिधि तिवारीले जानकारी दिएका छन् । “नागरिकता नहुँदा राज्यबाट प्राउने उपचार सहुलियत र अन्य सुविधा पाउन कठिन भएको थियो”, उनले भनिन् । आवश्यक प्रक्रिया पूरा गरी अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको तिवारीले बताए ।
दराईका श्रीमान् हितबहादुरले प्रसासनमा नागरिकता प्राप्तिका लागि आवश्यक सबै कागजपत्र पेस गरेका थिए। सोही आधारमा अस्पतालमै गएर नागरिकता वितरण गरिएको प्रशासकिय अधिकृत तिवारीले बताए । जिल्ला प्रसासन कार्यालयले कार्यालयसम्म आउजाउ गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया