३१ श्रावण २०७९, मंगलवार

बन्द इञ्जिनीयरिङ कलेजको ताला खुला

२०७४,कार्तिक,८,बुधबार ०७:२५

0
Shares

भक्तपुर, ८ कात्तिक ।नेपाल इञ्जिनीयरिङ कलेज दुवाकोटमा एक महिनादेखि लगाइएको ताला आज खुलेको छ ।इञ्जिनियरिङ कलेजलाई निजीकरण गरिएको जनाउँदै स्थानीयवासी तथा कलेजमा अध्ययरत विद्यार्थीले छुट्टाछुट्टै ताला लगाई बन्द गराएका थिए । सामुदायिक कलेज निजीकरण गरिएको र पोखरा विश्वविद्यालयलको सम्बन्धन खारेज गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिनका लागि प्रक्रिया अगाडि बढाइएको भन्दै विद्यार्थी तथा स्थानीयवासीले विरोध जनाउँदै आएका थिए ।कलेज सञ्चालक, चाँगुनारायण नगरपालिका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, विद्यार्थी, र स्थानीयवासीबीच भएको सहमतिपछि ताला खुलेको हो । विरोध प्रदर्शनका कारण कलेजको पठनपाठन ठप्प भएको थियो भने कलेजको आन्तरिक परीक्षा रद्द भएको छ ।कलेजलाई सामुदायिक संस्थाकै रुपमा सञ्चालन गर्ने, पोखरा विविको सम्बन्धन कायम राख्ने, सामाजिक संस्थाले प्रदान गर्ने सहुलियत शुल्कमै भर्ना लिने, विविले तोकेको मापदण्डानुरुप नै छात्रवृत्ति प्रदान गर्नेलगायत विषयमा सहमति भएपछि ताला खुलाइएको सञ्चालक हरि पाण्डेले जानकारी दिए । ताला खुलेपछि आजदेखि नियमित पढाइ शुरु भएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०७:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बेलायतको औषधी नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

बुटवल । पत्रकार वसन्त पोखरेलको निधन भएको छ । लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान

धनगढी । असार ४ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे ।

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार

ताजा समाचार

७ ताइवानी अधिकारीमाथि चीनको प्रतिबन्ध
 २०७९,श्रावण,३१,मंगलवार १२:२४
२० वर्षमै आमा बनेकी मनीषा कोइराला !
 २०७९,श्रावण,३१,मंगलवार १२:०६
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
 २०७९,श्रावण,३१,मंगलवार ११:५४