काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आगामी शुक्रबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको छ । यो महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया