अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन निर्देशन

लोकपथ
77
Shares
k//fi6«dGqL PgkL ;fpb – cGtjf{tf{ OGbf]/ -dWok|b]z_, @) h]7 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú;Fu rf/lbg] cf}krfl/s ef/t e|d0fsf] k|ltlglwd08ndf /xg’ePsf k//fi6«dGqL PgkL ;fpb zlgaf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf ljz]if ;dfrf/bftf /d]z nD;fn;Fu cGt/jftf{ lbg’x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सरकारले दिल्लीस्थित नेपाली दूतावासलाई अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन निर्देशन दिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासलाई अखण्ड भारत नक्साको वास्तविकता बुझ्न निर्देशन दिएको जानकारी परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा दिएका हुन् ।

भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएर नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको चर्को आलोचना हुँदै आएको छ । सो नक्सामा पाकिस्तानको भूभागसमेत उल्लेख छ । नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?