काठमाडौं । सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग आज छलफल गर्ने भएको छ ।
शुक्रवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कूटनीतिज्ञहरुलाई छलफल गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले भने, ‘प्रधानमन्त्री ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री ज्ञवालीले कूटनीतिज्ञहरुलाई छलफल गर्नुहुने छ ।’
यस्तै पछिल्लो पटक राष्ट्रसंघ, युरोपियन युनियन र ७ देशले नेपालको शान्ति प्रक्रियाबारे संयुक्त वक्तव्य निकालेका थिए ।
गत माघ ६ गते प्रधानमन्त्री ओली स्विट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी भएका थिए । बैठक सकिए लगत्तै राष्ट्रसंघ, युरोपियन युनियन र ७ देशले नेपालको शान्ति प्रक्रियाबारे संयुक्त वक्तव्य समेत निकालेका थिए ।
साथै भेनेजुएला प्रकरणमा नेपालको धारणालाई दिएरपनि अन्तर्राष्ट्रिय समुदायले चासो देखाएका छन् ।
त्यही बेला सरकारले कूटनीतिज्ञहरुलाई बोलाएर आफ्नो धारणा राख्ने खोजेको परराष्ट्र मन्त्रालय स्रोतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया