तनहुँमा पहिरोले पुरिँदा एक जनाको मृत्यु, दुई जना घाइते

लोकपथ
112
Shares

तनहुँ । तनहुँमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ।

सोमबार साँझ ६ बजे व्यास नगरपालिका गुणाधीस्थित सडकमा पहिरोमा तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अबदेश विष्टले जानकारी दिए।

पहिरोमा पुरिएका तीन जनाको प्रहरीले उद्धार गरी दमौली अस्पतालमा पुर्‍याएको थियो। एक जनाको उपचार क्रममा मृत्यु भएको एसपी विष्टले बताए।

अन्य दुई जनाको सोही अस्पतालमा उपचार जारी छ। एक जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरू बाटो निर्माणको काम गरिरहेका थिए।

उनीहरुको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?