समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस् : झलनाथ खनाल

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस् भन्ने कामना गरेका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताएका हुन् ।

‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनोस्’ उनले भने ।

‘जबसम्म देशका क्रान्तिकारीहरु, आमूल परिर्तनकारीहरु, प्रगतिशीलहरु एकतावद्ध भएर उभिदैनौं, तबसम्म आमूल परिवर्तन हुँदैन। यो मोर्चा पहिलो पाइला मात्र हो । सिंगो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध गर्नुपर्छ । यसलाई अझै व्यापक बनाउनुपर्नेछ र विस्तार गर्नुपर्नेछ’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?