काठमाडौं । नेपाल धितोपत्र बोर्डले तत्कालको लािग घोराही सिमेन्ट इण्ड्रष्टीजको सेयर बिक्री कार्य स्थगन गरेको छ ।
बोर्डको सुपरीवेक्षण बिभागले सोमबार हिमालयन क्यापिटल लिमिटेड ठमेल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्सालको नाउँमा पत्र काट्दै सेयर बिक्री कार्य तत्कालको लागि स्थगन गर्न निर्देशन दिएको हो । बोर्डको घोराही सिमेन्टको सेयर निष्काशन एवं बिक्री प्रर्वन्धकको नाउँमा काटेको पत्रमा भनिएको छ ।
उपयुक्त सम्बन्धमा तहको निष्काशन तथा बिजनिक निष्काशन भएको सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ क्रेडिट रेटिङ्ग नियमानी २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए नभएको बारेमा केयर रेटिङग नेपाल लिमिटेडलाई तीन (३) दिन मित्र स्पष्ट गरी पेश गर्न यही जेठ ३० गते पत्रचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेड हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक गरेको छ।
कम्पनीले जारी पुँजी तीन अर्ब ९७ करोड १९ लाख छ सय रुपैंयाँ मध्येबाट २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार एक सय रुपैंयाँ बराबरको ७९ लाख ४३ हजार आठ सय एक कित्ता मध्ये सार्वजनिक निष्काशन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया