काठमाडौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किष्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिशेक थापाले हस्ताक्षर गरेका हुन । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म किष्ट शिक्षण अस्पतालबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।
साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले किष्ट शिक्षण अस्पतालले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससंग औषधोपचार बीमालेख खरिद गरी ढुक्क भएर सेवा लिन आवहान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया