यी हुन समाजवादी मोर्चाको ऐतिहासिक सहमति पत्र तयार गर्ने नेताहरु

लोकपथ
21
Shares

काठमाडौं । चार दलीय समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच उक्त मोर्चा निर्माणका लागि केही नेताहरुको उल्लेख्य भूमिका रहेकोबारे घोषणासभामा जानकारी दिइएको छ ।

कार्यक्रमका सञ्चालक जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी मोर्चाको ऐतिहासिक सहमति पत्र तयार गर्नमा केही नेताहरुको महत्वपूर्ण भूमिका रहेको जानकारी दिए ।

सहमतिपत्र तयार गर्नमा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट नेता प्रमेश हमाल, नेकपाबाट नेता प्रकाण्ड र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

चार जना नेताहरु मोर्चा बनाउने कार्यदलमा पनि रहेको र उनीहरुले निरन्तरको छलफलबाट अहिलेको निकास निस्किएको बताइएको छ ।

सोही कार्यदल र सहमति पत्रमार्फत सोमबार मोर्चा घोषणा सम्भव भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?