काठमाडौं । ४ राजनीतिक दलबीचको एकता समाजवादी मोर्चा घोषणा भएको छ ।
राष्ट्रिय सभा गृहमा घोषणा भएको मोर्चाले त्यसका उदेश्य तथा प्रतिबद्धता, सांगठनिक संरचना, मोर्चाको नीति तथा कार्यक्रम लगायत सार्वजनिक गरेको छ ।
मोर्चाको सांगठनिक संरचना सदस्य दलहरुको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरु रहेको संयोजन समिति हुनेछ । त्यसको साथै आवश्यक्ता अनुसार उपसमितिहरु गठन गरि क्षेत्राधिकार तोक्न सकिने व्यवस्था गरिएको छ ।
‘मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने छ । उक्त समितिले आवश्यकताअनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने छ । समितिले समान उद्देश्य, नीति, कार्यक्रमबोकेकार मोर्चाकाअवधारणालाई समर्थन गर्ने राजनीतिकदलहरूसँग वार्ता गरी यस मोर्चामा सामेलगर्नसक्ने छ । यो मोर्चालाई आवश्यकताअनुसार प्रदेश र स्थानीयतहसम्मविस्तार गरिने छ ।’ जारी प्रस्तावनामा भनिएको छ ।
मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय हुनेछ । जसमा सदस्य दलहरूबाट तोकिए बमोजिमका प्रतिनिधिहरू रहने बताइएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दैै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने उदेश्य तथा प्रतिबद्धता समाजवादी मोर्चाको रहेको बताइएको छ ।
त्यस्तै नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जातव्यवस्थाजन्यशोषण, उत्पीडन, असमानता र विभेदहरूअन्त्य गर्नका लागि निरन्तर जनपहल र जनदवाव सृजनागर्ने । मानवविकास सूचाङ्कमा पछाडि परेकामधेस, कर्णाली र सेती–महाकालीलगायत पिछडीएको क्षेत्र रजनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने लगायतका उदेश्यहरु रहेका छन् ।
माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीबीच एक समारोहकाबीच समाजवादी मोर्चा घोषणा गरिएको हो ।
नेपालमा कम्युनिष्ट एकताका लागि घोषणा गरिएको समाजवादी मोर्चाको नेतृत्व शुरुमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गर्नेछन् । त्यसपछि आलोपालो रुपमा ४ दलका शीर्ष नेताहरुले नेतृत्व गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया