इ-सेवा मार्फत पहिलो पटक कारोबार गर्दा आइफोन १४ र १० प्रतिशत क्यास व्याक पाईने

लोकपथ
42
Shares

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ-सेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्बजनिक गरेको छ ।

नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इ-सेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यास व्याक जित्न सकिने अफर  सार्वजनिक गरेको हो । यसमा सहभागी हुन सेन्ड मनी बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । साथै यसमा प्रोमोकोड फष्र्ट १० प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% ( २० सम्म) को क्यास व्याक समेत पाउन सकिने छ ।

इ-सेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ । यस सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ । प्रोमोकोड मार्फत प्राप्त हुने रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इ-सेवा एकाउन्टमा जम्मा हुनेछ । भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इ-सेवाको पेजबाट मार्फत गरिनेछ ।

हाल इ-सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० क्यास व्याक ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् । इ-सेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?