प्रभात बसेललाई धरौटीमा रिहा गर्न अदालतले दियो अनुमति

लोकपथ
749
Shares

काठमाडौं । प्रभात बसेललाई १ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ । जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बसेललाई जिल्ला अदालत कास्कीले १ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?