सांसद पौडेलको प्रश्न–उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगङ्गा जलाशययुक्त परियोजनालाई बजेटमा नसमेटिएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जिज्ञासा राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रस्तुत बजेटबाट उत्तरगङ्गा जलाशययुक्त परियोजना हराएकाले यसको खोजी गर्न अनुरोध गरेका हुन् ।

“सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू ?”, बागलुङका सांसद पौडेलले प्रश्न गरेका छन्, “किन यो आयोजना बजेटमा परिरहेको छैन ? ”

समयमै उक्त परियोजना निर्माण हुन नसक्दा सो क्षेत्रमा विमानस्थललगायत अन्य भौतिक पूर्वाधार बनाउन नसकिएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले यसप्रकारका परियोजनालाई अल्झाइ रहने विषयमा सचेत हुनुपर्ने बताए । सांसद पौडेलले कम लागतमा उच्च प्रतिफल दिने अन्य ओजनालाई पनि अगाडि बढाउन सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?