ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन शुरु

लोकपथ
0
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन शुरु भएको छ ।

‘श्रम शक्ति नै राष्ट्र शक्ति हो, श्रमको सम्मान गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौंमा सातौँ राष्ट्रिय महाधिवेशन शुरु भएको हो । महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने छन् ।

महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायतले सम्बोधन गर्ने छन् ।

महाधिवेशनमा भाग लिन देशभरबाट एक हजारभन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुुगेका छन् । महाधिवेशन असार ६ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?