५ आश्विन २०७८, मंगलवार

तनहुँमा आयो रामचन्द्रलाई कडा चेतावनी, अब के होला ?

२०७४,कार्तिक,८,बुधबार ०७:०९


तनहुँ, ८ कात्तिक ( नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले अबको चुनावमा तनहुँ क्षेत्र नम्वर १ बाट काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उठे उनको जमानत जफत हुने जोशीले बताएका छन्।आज तनहुँको दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले तनहुँको क्षेत्र नम्बर १ मा पार्टीले टिकट वितरणमा अनियमितता गरेमा पार्टीले ठुलो मुल्य चुकाउने चेतावनी दिए ।जोशीले आफूलाई सर्वसाधारण जनता रुचाएकाले कुनै पनि हालतमा चुनावबाट पछि नहट्ने बताएका छन्तनहुँको क्षेत्र नम्बर १ बाट कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा उठ्ने घोषणा गरिसकेका छन् । काङ्ग्रेसले गतको चुनावमा माओवादी केन्द्रसँगको सहकार्य तथा अहिले नयाँ शक्ति लगायतका दलसँगको गठबन्धन सबै सत्ताकेन्द्रित भएको उनको भनाई रहेको थियो ।नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा जोशीले आफूलाई पार्टीले टिकट दिनुपर्ने धारणा राख्दै आएका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,८,बुधबार ०७:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी । गण्डकी प्रदेशका सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न अर्थ तथा विकास समितिले निर्देशन दिएको छ । समितिद्वारा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको

गण्डकी । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच आज भेट

गण्डकी । गण्डकी प्रदेशका दुई मन्त्री कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा

ताजा समाचार

अक्सिजन प्लान्ट अभियानमा एक करोड सङ्कलन
 २०७८,आश्विन,५,मंगलवार १४:०८