कोशी बाढी-पहिरो अपडेट : मृतक संख्या ८ पुग्यो, २८ जना बेपत्ता

लोकपथ
63
Shares

काठमाडौं । कोशी प्रदेशका पहाडी जिल्लामा शनिबार राती आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । त्यस्तै बाढीमा परी अन्य २८ जना बेपत्ता भएका छन् ।

संखुवासभाको सुपर हेवा खोला जलविद्युत आयोजनामा कार्यरत १८ जना मजदुर हेवा खोलाको बाढीले बगाएर बेपत्ता भएका छन् । पहिरोले घर पुर्दा १० र बाढीले बगाएर १८ जनासहित २८ जना बेपत्ता भएका छन् ।

पहिरोले पुरेर र खोलाले बगाएर ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष, एक बालिका र २ महिला छन् । ताप्लेजुङमा ३, पाँचथर २, भोजपुर र संखुवासभामा एक-एक जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा भोजपुरका मन्दीप राई, संखुवासभाको पाँचखपनका सन्तोष राई, पाँचथर फालेलुङ-४ का जुना साउदेन, फिदिम-११ का सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ का गणेश तामाङ, केशर राई, सुरेश राई र एलिशा माझी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?