काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई भेटेका छन् ।
बिहीवार वित्रि शिक्षण अस्पतालस्थित अनसनस्थलमा भेट्न पुगेका देउवाले केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । यद्यपी केसीले त्यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।
आफूहरुले केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गराउन भरमग्दुर प्रयास गरे पनि संख्यात्मक हिसावले कमजोर हुँदा सफल हुन नसकिएको बताए ।
कांग्रेस नेता गगन थापाले अनशन तोडेर नयाँ खालको लडाइँमा होमिन सभापतिले केसीलाई आग्रह गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया