काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने बताएको छ ।
बिहीवार राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि सरकारले २३ दिनदेखि अनसनरत डा. केसीसँग वार्ता गर्ने भएको हो ।
विधेयक दुवै सदनबाट पारित भइसकेपछि डा.केसीसँग नयाँ सहमति गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । उनले भने, ‘उहाँको जीवन रक्षाका लागि सरकार एकदम प्रतिवद्ध छ, अब नयाँ सहमति र वार्ता गर्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया