डा. केसीको जीवन रक्षको माग गर्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ । 

विहीवार दिउँसो २ बजेको लागि बोलाइएको बैठक कांग्रेसद्वारा अवरुद्ध भएको हो । 

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले बैठक अवरुद्ध पारेको हो । 

राष्ट्रियसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची छ ।

सरकारले प्रतिनिधिसभाबाट पारित गरेको विधेयक राष्ट्रियसभामा पेस भइसकेको छ ।

राष्ट्रियसभा बैठक शुरु हुनासाथ कांग्रेसका सांसद जीतेन्द्र देवले समय लिएर बोल्दै केसीसँग वार्ता गर्न आग्रह गरे । 

उनले आजैका दिनदेखि वार्ता टोली गठन गरेर केसीसँग वार्ता गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?