शिक्षण अस्पतालमै डा.केसीविरुद्ध चिकित्सकहरुको धर्ना

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनसनविरुद्ध चिकित्सकहरुको एक समूहले त्रिवि शिक्षण अस्पतालमै धर्ना दिएको छ । 

चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनसनरत डा. केसीको विरुद्ध त्रिवि शिक्षण अस्पतालकै चिकित्सकहरुको एक समूहले पदर्शन गरेको हो । 

अस्पताल क्षेत्र अनसन मुक्त क्षेत्र भन्दै उनीहरुले अस्पतालमा नाराबाजी गर्दै ‘डाक्टररुलाई का मगर्ने वातावरण  बनाऔँ, सरका संसद र गोविन्द केसीको जित हो । सबैको चाहना यही हो, सरकार, संसद र गोविन्द केसीको जित हो । सबैको चाहाना यही हो, सर्वोच्च अदालतको अवहेलना नगरौँ, कानूनी राज्यको पालना गरौँ, हाम्रो विरामी हाम्रो जिम्मेवारी, चिकिस्तक संघ राजनीतिक पूर्वाग्रही नबन’ जस्तो प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्  

महराजगञ्ज क्याम्पसका पूर्व प्रमुख प्रा. डा राम प्रसाद उप्रेतीको नेतृत्वमा केसीविरुद्ध नयाँ अभियान शुरु भएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?