तनहुँमा आयो रामचन्द्रलाई कडा चेतावनी, अब के होला ?

तनहुँ, ८ कात्तिक ( नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले अबको चुनावमा तनहुँ क्षेत्र नम्वर १ बाट काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उठे उनको जमानत जफत हुने जोशीले बताएका छन्।आज तनहुँको दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले तनहुँको क्षेत्र नम्बर १ मा पार्टीले टिकट वितरणमा अनियमितता गरेमा पार्टीले ठुलो मुल्य चुकाउने चेतावनी दिए ।जोशीले आफूलाई सर्वसाधारण जनता रुचाएकाले कुनै पनि हालतमा चुनावबाट पछि नहट्ने बताएका छन्तनहुँको क्षेत्र नम्बर १ बाट कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा उठ्ने घोषणा गरिसकेका छन् । काङ्ग्रेसले गतको चुनावमा माओवादी केन्द्रसँगको सहकार्य तथा अहिले नयाँ शक्ति लगायतका दलसँगको गठबन्धन सबै सत्ताकेन्द्रित भएको उनको भनाई रहेको थियो ।नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा जोशीले आफूलाई पार्टीले टिकट दिनुपर्ने धारणा राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?