हिमालयन बैंकको खुद नाफा एक अर्ब भन्दा बढी

काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब भन्दा बढी रुपैयाँ नाफा आर्जन गरेको छ । 

उक्त बैंकले  चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । गत वर्षको तुलनामा हिमालयन बैंकको खुद नाफा २३ दशमलब ६२ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब १० करोड ५८ लाख खुद नाफा कमाएको थियो ।

यसैबीच नेपाल फाइनान्सियल रिर्पोटङ स्टयाण्डर्ड ‘एनएफआरएस’का अनुसार वित्तीय विवरण अनुसार हिमालयन बैंकले एक अर्ब १६ करोड ११ लाख रुपैयाँ वितरण योग्य नाफा ‘फ्रि प्रोफिट’ गरेको छ।

राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा २० करोड ५८ लाख रुपैयाँ घटेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तसम्ममा बैंकले एक ५ करोड ३२ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब १० करोड ७८ लाख रुपैयाँ थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?