काठमाडौं । भोलि (सोमबार) समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सोमबार समाजवादी मोर्चा गठन गर्ने सहमति गरेको हो ।
कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रूपमा सोमबार राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
समाजवादी मोर्चामा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी रहने भएका छन् । यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत सहभागी गराउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया