प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

लोकपथ
0
Shares

प्रतिनिधिसभाको बैठक आइतबार पनि बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुने सम्भावित कार्यसूची छ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो ।

यस्तै आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?