ओलीको प्रश्न- ‘लिभिङ टुगेदर चलेकै छ, मोर्चाकिन चाहियो ?’

लोकपथ
63
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् ।शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सँगसँगै रहेका दलहरुले समाजवादी मोर्चा बनाइरहनुको अर्थ नहुने बताएका हुन् ।

समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ । के मोर्चा के नमोर्चा ?’ ओलीले प्रश्न गरेका छन् ।

उनले यस्ता मोर्चाको आस वास्ता गरिरहनुनपर्ने भन्दै २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?