काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीको बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएका मध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई धरौटीमा रिहा गर्न र बाँकी १६ जनालाई थुनामा राख्न आदेश दिइएको छ ।
पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा रिहा गर्ने भन्ने प्रयोजनका लागि भएको थुनछेक बहसमा २ लक्ष्मी महर्जन र टंक राईलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।
लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको हो । त्यस्तै रायमाझी, खाँणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान हुने भएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया