काठमाडौं । नवनियुक्त प्रधान्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच नवनियुक्त प्रन्या कार्कीले शपथग्रहण गरेका हुन् ।
केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
आज संसदीय समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।
तत्कालिन प्रन्या चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग लगाइएसँगै उनले लामो समय कामु प्रन्याको रुपमा काम गरेका थिए ।
शपथग्रहण गरेसँगै कार्कीले आजै पदभार ग्रहण गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया