काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको सबै बहस सकिएसँगै आजै थुनछेक आदेश आउँदैछ ।
काठमाडौं जिल्ला अदालतमा बहस भएको उक्त मुद्दामा पक्राउ परेका १८ प्रतिवादीको थुनछेक आदेश आउन लागेको हो ।
आदेश आउनुअघि काठमाडौं जिल्ला अदालत परिसरमा प्रतिवादीका आफन्त तथा पत्रकारहरुको ठूलो भीड लागेको छ ।
हुनसक्ने थप जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
उक्त प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । भने अन्य १२ जना फरार रहेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको सुनुवाई भएको हो । उक्त मुद्दामा पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे लगायत मुछिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया