काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको माग गर्दै प्रा. डा. गोविन्द केसी १६ औं पटकको आमरण अनसनमा बसेको २२ औँ दिनसम्म पनि सरकारले केसीको जीवन रक्षाका निम्ती कुनै पनि कदम अगाडी नबढाइएको भन्दै विभिन्न १२ संस्थाले सयुक्त विज्ञप्ती जारी गरेका छन् ।
सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य शिक्षा तथा सेवामा सहज पहुँच पु¥याउनु पर्दछ भन्ने पवित्र उद्देश्यका साथ पटक–पटक अनसनमा बस्दा नेपाल सरकारले सम्झौता गर्दै तोड्दै गरेको प्रति खेद व्यक्त गर्दै प्रजातान्त्रिक विचार समाज, नेपाल डेमोक्रेटिक प्राध्यापक संघ, नेपाल प्रेस युनियन सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर नेपाल नेपाल शिक्षक संघ नेपाल स्वास्थ्यकर्मी एसोसिएसन डेमोक्रेटिक लयर्स एसोसिएसन पेशागत महासँघ त्रि.वि.प्रा.क.संघ बि.पी. स्मृती अस्पताल नेपाल सास्कृतिक संघ डि.ए.ए.एन किर्तिपुर क्याम्पसलगायतले सयुक्त विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, सम्झौताको मसि सुक्न नपाउँदै सरकारबाटै त्यसको उल्लंघन हुनेपरिपाटीले लोकतन्त्रप्रतिको नागरिकको विश्वास धर्मराएको छ । यसले नेपालको स्वास्थ्य क्षेत्र झन पछि झन बिकराल स्थितितर्फ उन्मुख भएकोमा हामी सम्पूर्ण पेशाकर्मीतथाआम सर्व साधारण नागरिकहरु दुखी र आर्कोशित भएका छौं ।
पुरा विज्ञप्ती पढ्नुहोस्
मिति २०७५ माघ १६ गते
प्रेश विज्ञप्ती
नेपालको गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका अभियन्ता प्रा. डा. गोविन्द के.सी. १६ औं पटकको आमरण अनसनमा बसेको आज २२ औं दिन भई सक्दा समेत नेपाल सरकारले उहाँको जीवन रक्षाका निम्ती कुनै पनि कदम अगाडी नबढाइएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य शिक्षा तथा सेवामा सहज पहुँच पु¥याउनु पर्दछ भन्ने पवित्र उद्देश्यका साथ पटक–पटक अनसनमा बस्दा नेपाल सरकारले उहाँसँग सम्झौता गर्ने, तर सम्झौताको मसि सुक्न नपाउँदै सरकारबाटै त्यसको उल्लंघन हुने परिपाटीले लोकतन्त्रप्रतिको नागरिकको विश्वास धर्मराएको छ । यसले नेपालको स्वास्थ्य क्षेत्र झन पछि झन बिकराल स्थितितर्फ उन्मुख भएकोमा हामी सम्पूर्ण पेशाकर्मी तथा आम सर्व साधारण नागरिकहरु दुखी र आर्कोशित भएका छौं । विद्यमान समस्याको समाधानका लागि सरकारले पहल गर्नुको सट्टा स्थितिलाई झन बिगार्ने गरी सरकार प्रमुख एवं अन्य सरकारका सदस्यहरुले दिएको गैरजिम्मेवार अभिव्यक्तिले लोकतान्त्रिक समाजका आम नागरिक तथा विद्धत वर्गको शिर निहुरिएको छ । त्यति मात्र नभई सरकारप्रतिको विश्वास र गरिमा माथी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सन्देह पैदा भएकोमा हामी अत्यन्तै चिन्तित भएका छौं ।
यस बिषमपूर्ण परिस्थितिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रका लागि कोशेढुंगा सावित माथेमा आयोगको प्रतिवेदन एवं डा. के.सी.र नेपाल चिकित्सक संघ समक्ष गरिएको सम्झौताको भावना र मर्म विपरित विवादास्पद चिकित्सा शिक्षा विधेयकलाई वार्ता र संवाद समेत नगरी दुई तिहाई बहुमतको आडमा पारित गरिनुले लोकतान्त्रिक पद्धतिकै खिल्ली उडाएको हाम्रो ठहर छ ।
त्यसैले प्रा. डा. गोविन्द के.सी. को जीवन रक्षाका निम्ती, हाम्रो पेशागत तथा सामाजिक सुरक्षा, स्थापित मूल्य मान्यता र विधिको शासनको स्थापनाका लागि वर्तमान सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै डा. के.सी.को अभियानमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज, विभिन्न पेशामा आबद्ध संघ संस्था तथा आम सर्व साधारण नागरिकहरुमा अपिल गर्दछौं ।
लोकतन्त्र एवं सामाजिक न्यायमा विश्वास गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, प्राध्यापक, शिक्षक, कानून ब्यावसायी, पत्रकार, ईन्जिनियर लगायतका अन्य विभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुलाई उपस्थित भई विद्यमान समस्याका सम्बन्धमा संसदीय प्रक्रियाद्धारा नै उत्पन्न समस्याको निरुपण गर्दै सत्याग्रही डा. गोविन्द के.सीको जीवन रक्षाका निम्ती नेपाल सरकारलाई दबाब दिन निम्न लिखित मिति, समय र स्थानमा आयोजना हुने बृहत ¥यालीमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । मितिः २
०७५ माघ १७ गते
समयः दिउसो ठिक १ः०० बजे
स्थानः माईतिघर मण्डला
आयोजकहरु
१) प्रजातान्त्रिक विचार समाज
२) नेपाल डेमोक्रेटिक प्राध्यापक संघ
३) नेपाल प्रेस युनियन
४) सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर नेपाल
५) नेपाल शिक्षक संघ
६) नेपाल स्वास्थ्यकर्मी एसोसिएसन
७) डेमोक्रेटिक लयर्स एसोसिएसन
८) पेशागत महासँघ
९) त्रि.वि.प्रा.क.संघ
१०) बि.पी. स्मृती अस्पताल
११) नेपाल सास्कृतिक संघ
१२) डि.ए.ए.एन र्कितिपुर क्याम्पस
सम्पूर्ण संस्थाहरुको तर्फबाट
डा. केदारनरसिंह के.सी.
अध्यक्ष
प्रजातान्त्रिक विचार समाज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया