काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को विवादित अंश हटाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
मेयर बालेनले आजबाट देशभर चल्ने भनिएको उक्त फिल्ममा जानकी भारतीय पुत्री रहेको भन्ने अभिव्यक्ति नहटेसम्म चल्न नदिने चेतावनी दिएका थिए ।
सञ्चार एवं सूचनाप्रविधि मन्त्रालयलाई पत्र लेख्दै मेयर बालेनले छिमेकी देश भारतसँग उक्त विषयमा कुटनीति माध्ययमबाट वार्ता ग र्न आग्रह गरेका छन् ।
‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले नेपाल सरकारले छिमेकी देश भारतसँग कुटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।साथै, उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्न समेत अनुरोध गरिन्छ ।’ मेयर शाहले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया