सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालद्धारा सपथ ग्रहण

लोकपथ
0
Shares

काठमाडौं । सानिमा जिआईसी इन्स्योेरेन्सका सञ्चालक समितीा अध्यक्ष कुनाल कयालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

कम्पनीको यही जेठ ३२ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट संस्थापक समुहबाट तीन जना र सर्वसाधारण समुहबाट तीन जना सञ्चालकहरु निर्वाचित भएकोमा साधारण सभा पश्चात सोहि दिन बसेको सञ्चालक समितिको एक सय २३ औ बैठकबाट संचालक कुनाल कयाल सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

सोही आधारमा बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम अध्यक्ष कयालले असार एक गते शुक्रबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूय प्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन । सो सपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायव महाप्रबन्धक सुवोध लाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?