काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोधेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा क्यानले गरेको तारबार जानकारी नै नदिइ हटाएकोबारे क्यानले ७ दिने स्पष्टीकरण सोधेको हो ।
कामनपा वडा नं ९ मा नागरिक उड्डयन प्राधिकरणले रोक्का गरेको जग्गामा गरिएको तारबार बिहीबार महानगरको टोलीले हटाएको थियो ।
क्यानका उपप्रबन्धक प्रकाश चन्द्र शर्माले पत्र पठाउँदै पूर्व सूचना र कुनै जानकारी बिनै उक्त तारबार हटाइएकोप्रति लिखित जवाफ माग गरेको हो ।
प्राधिकरणले भनेको छ, ‘प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको थियो । तर, सो कुरालाई अटेर गरी जवर्जस्ती कानून विपरितको कार्य गरे गराएको र सो सम्बन्धि पत्र माग गरेको थियो । नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ अएको थियो । आएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१)बमोजिम सजाय किन नगर्ने हो रु यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नु,’ ।
त्यस्तै बिहीबार नै महानगरको टोलीले सिनामंगलमा बन्दै गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवन निर्माणको काम समेत रोकेको छ । नक्सा पास बिनै बन्दै गरेको उक्त भवन निर्माणको काम महानगरले रोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया