काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् ।
आज संसदीय समितिले नाम अनुमोदन गरेसँगै प्रधानन्यायाधीशमा कार्की नियुक्त भएका हुन् ।
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले आजै पद तथा गोपनियताको शपथग्रहण गर्ने तयारी भएको छ ।
आज अपरान्ह सवा ५ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको तयारी रहेको रहेको राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले लोकपथलाई जानकारी दिए ।
‘उहाँ (प्रधानन्यायाधीश) को शपथ सवा ५ बजे हुँदैछ । राष्ट्रपति कार्यालयमा त्यसको तयारी गरिएको छ ।’ थापाले लोकपथसँग भने ।
संवैधानिक परिषद्ले गत वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस भएका कार्कीको संसदीय सुनुवाइ आजै भएको थियो ।
संसदीय सुनवाइ समितिबाट सर्वसम्मत भएसँगै कार्कीको आजै नियुक्त र शपथ हुन लागेको हो । कार्कीले आजै सर्वोच्चमा पुगेर कार्यभार सम्हाल्ने बताइएको छ ।
आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया